काठमाडौं। प्रतिनिधि सभा सदस्य एवं सांसद दीपक बोहराको निधन भएको छ।
पूर्वमन्त्री समेत रहेका राप्रपाका सांसद बोहराको मंगलबार उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। उनी घाँटीको क्यान्सरबाट पीडित थिए।
बोहोरा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन। उनले तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणलाई प्दमै रहेका बेला हराएका थिए। निर्वाचनका समयमासमेत बिरामी रहेका उनी निर्वाचन क्षेत्रमा नगइ नै चुनाब जितेका थिए।



