मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निजी मेडिकल कलेजको पिजि तहको सिट संख्या पूर्वनिर्धारित आधारमा होस् : चिकित्सक संघ

निजी मेडिकल कलेजको पिजि तहको सिट संख्या पूर्वनिर्धारित आधारमा होस् : चिकित्सक संघ

images
२०८१ चैत्र १८ गते, सोमवार
२०८१ चैत्र १८ गते, सोमवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुका लागि तोकिएको पोष्ट ग्राजुएट्स तह (एमडी/एमएस/एमडीएस) को सिट संख्या पुर्वनिर्धारित संख्याको आधारमा नै हुनुपर्ने बताएको छ।

    images

    संघले सोमबार विज्ञप्ति जारी गर्दै संख्या घटाउने म्याचिङ प्रक्रिया रोक्न र पुर्वनिर्धारित संख्याकै आधारमा प्रक्रिया पुन: अघि बढाउन चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेको हो। आयोगले विज्ञप्तिमार्फत पुर्वनिर्धारित संख्याबाट घटाएर जारी गरेको म्याचिङ प्रक्रियाप्रति गम्भीर आपत्तिसमेत जनाएको छ। 

    images

    'चिकित्सा शिक्षा आयोगद्वारा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) को सिट संख्या थप गर्ने निर्णय गरिए पनि निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई म्याचिङको सूचना निकालिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,'  संघका महासचिव डा सञ्जीब तिवारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

    ‘नेपालमा रहेका जेहेन्दार तथा दक्ष चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर तालिमको अवसर प्रदान गर्दै नेपालमै सेवा पुर्‍याई समग्र आम नागरिकको स्वास्थ्य सेवामा सुविधा पुर्‍याउन अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न नेपाल चिकित्सक संघ चिकित्सा शिक्षा आयोगसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा अगाडी उल्लेख छ।

    संघका अनुसार, निजी मेडिकल कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई आर्थिक सुविधा उपलब्ध गराउन अस्वीकार गरिएको अवस्थामा हालको म्याचिङ सूचना सार्वजनिक गरिएको हो।

    यसैगरी, संघले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता ४८ हजार ७३७ अविलम्ब उपलब्ध गराउन तथा आयोगको १७ औँ बैठकमा एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालद्वारा आयोगको निर्णय कार्यान्वयन गर्न नसकिने भनी पेश गरिएको निवेदनका सम्बन्धमा आगामी बैठकमा छलफल गर्ने भनी निर्णय भए बमोजिम आयोगको १८ औँ पूर्ण बैठक अविलम्ब संचालन गरी समस्याको समाधान गर्न पनि भनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend