मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुने घटनामा ४१ जना कोको पक्राउ परे? (म्याद थप भएकाहरुको नामावलीसहित)

तीनकुने घटनामा ४१ जना कोको पक्राउ परे? (म्याद थप भएकाहरुको नामावलीसहित)

images
एक्सरे नेपाल
२०८१ चैत्र १७ गते, आइतवार
एक्सरे नेपाल
२०८१ चैत्र १७ गते, आइतवार
  • काठमाडौं। चैत्र १५ गते राजावादीहरुको प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    images

    तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची जिल्ला प्रहरी परिसर काठमाडौले सार्वजनिक गरेको छ।

    images

    सार्वजनिक सूची अनुसार राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित ४१ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो।

    म्याद थप भएकाहरुमा  रविन्द्र मिश्र (ललितपुर), सांसद डा. धवल शम्शेर जबरा (बाँके),  पुष्कर खतिवडा (झापा), गोपाल मल्ल (रुपन्देही), मनिन्द्र राजभण्डारी (लमजुङ), गोपिकृष्ण खड्का (झापा), सन्तोष चौधरी (सुनसरी), राम कुमार धिमाल (झापा), पशुपति खड्का (काठमाडौं), हरिहर चौलागाई (जुम्ला) छन।

    यस्तैब विष्णु पराजुली (तनहुँ), देब बहादुर थापा मगर (स्याङ्जा), राज ठाकुर (रौतहट), प्रसिद्द मल्ल (काठमाडौं), विकास ओली (रुकुम), सुदर्शन थापा (महोत्तरी), डा. राज कुमार राई (खोटाङ), भगवती रोक्का (खोटाङ), नबिन ढकाल (उदयपुर), आलोक पराजुली (सप्तरी), ईरफान खान (रौतहट), गणेश बहादुर गुरुङ (सिन्धुपाल्चोक), बिबेक खनाल (काभ्रेपलाञ्चोक), उपेन्द्र साह (बारा), कृष्ण कुमार वस्नेत (मकवानपुर) लाई पनि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    यसैगरी जिवन पुरी (चितवन), गणेश प्याकुरेल (कैलाली), सरुन थापा (दोलखा), श्रवण लामा (काठमाडौं), स्टन लामा (रामेछाप), शुशिला कुमाल (नुवाकोट), निर्मला कार्की (सिन्धुपाल्चोक), ऐलिसा राई (सुनसरी), भबिन्द्र बि.सी. (सुर्खेत), आशिष तामाङ (धादिङ), लिला राणा (गुल्मी), चित्रमाया बस्नेत (सिन्धुली), सस्मिता बराल (सिन्धुली), निराजन गिरी (बझाङ), प्रेध बहादुर (दोलखा) र मनिष कुमार शाही (कालीकोट) लाई पनि अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको परिसरले जनाएको छ।

    यी सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो। राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend