काठमाडौ। चैत्र १५ गतेको राजावादी प्रदर्शन पछि गणतन्त्र पक्षधर राजनीतिक दलहरु एक ठाउँ उभिएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक भर्खरै सकिएको छ।
बैठकमा सहभागीहरुले राजावादी आन्दोलनका नाममा काठमाडौंका विभिन्न ब्यापारिक स्थल, निजी घर तथा राजनीतिक दलका कार्यालयमा भएको अराजकता र आक्रमणको भर्त्सना गरेका छन्।
बैठकमा संविधान, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रणालीविरुद्ध हुने कदमका विरुद्ध एक हुने विषयमा दलहरु एकमत देखिएका छन।
बैठक पछि गृहमन्त्री रमेश लेखकले संविधान विरोधी कुनैपनि गतिविधि क्षम्य नहुने बताए।
`संविधानविरुद्ध हुने कुनै पनि गतिविधि क्षम्य हुँदैन,´ गृहमन्त्री लेखकले बैठकपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै भने।
बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्र, जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीसहित गणतन्त्र पक्षधर दलका नेताहरु सहभागी थिए।



