मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

म भागेको छैन, भाग्दिन : दुर्गा प्रसाईं

म भागेको छैन, भाग्दिन : दुर्गा प्रसाईं

images
२०८१ चैत्र १७ गते, आइतवार
२०८१ चैत्र १७ गते, आइतवार
  • काठमाडौं। मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंले आफू फरार नभएको बताएका छन उनले प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित रुपमा बसेको बताएका छन्।

    images

    आइतबार एक भिडियो सन्देशमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन्।

    images

    ‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन। केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन्। यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना लागिदिनुहोस्। म भागेको छैन, म भाग्दिन। पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन। किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ। म सुरक्षितमात्रै बसेको हो। मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ। म नेपाल र नेपाली छोडेर भाग्दिनँ। म भाग्न र झुक्न जन्मेको होईन्। बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन्।

    त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, प्रहरी प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए।

    आफूलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन्।

    ‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन्। हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले। मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए। स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो। अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’ उनले भने

    उनले भिडियोमा आफू काठमाडौंमै रहेको र कुनै एक मन्दिरमा सुरक्षित रुपमा बसेको बताएका छन। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend