काठमाडौं। म्यानमारमा गएको शक्तिशाली विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले म्यानमार भुकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन।
केसीले फेसबुक मार्फत नै गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन। यस्तै उनले विश्व भरमा रहेका नेपालीहरुमार्फत नेपालीका लागि योगदान गर्न चाहेको पनि बताएका छन।
म्यानमारमा आएको भूकम्पको तीव्रता ७ दशमलव ७ थियो भने भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो। थाइल्याण्डमा समेत भूकम्पका कारण ६ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी कामदार बेपत्ता छन्।




