काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रहरीले नियन्त्रणमा लिएका आफ्ना उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई रिहा गर्न माग गरेको छ।
राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको कार्यसम्पादन समिति बैठकमार्फत उसले आफ्ना उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई २४ घण्टा भित्र रिहा गर्न अल्टिमेटम दिएको हो। सो समय भित्र रिहा नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिइएको छ।
बैठकले शुक्रबार आन्दोलनका क्रममा पक्राउ परेका नेताहरूलाई छोड्न २४ घण्टे अल्टिमेटम दिएको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका हुन।
बैठकमार्फत राप्रपाले शुक्रबार भएको तीनकुने घटनाकाे निष्पक्ष छानबिनको माग गरेका पनि गरेको छ।
शुक्रबार राजावादी प्रदर्शनमा हिंसा भड्किएपछि प्रहरीले मिश्र, राणासहितका नेता तथा कार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ।
दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको राजावादी प्रदर्शनमा हिंसा भड्किँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने दर्जनौं ब्यक्ति घाइते छन।



