मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आपराधिक घटनामा संलग्नहरुलाई कारबाही हुन्छ : गृहमन्त्री

आपराधिक घटनामा संलग्नहरुलाई कारबाही हुन्छ : गृहमन्त्री

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको आपराधिक घटनामा संलग्न ब्यक्तिहरुलाई सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएका छन।

    images

    शुक्रबारको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार बिहान तीनकुने पुगेका गृहमन्त्री लेखकले अराजकतामा संलग्नहरुलाई सरकारले कानुनी प्रक्रियामार्फत कारबाहीको दायरामा ल्याउने बताएका हुन।

    images

    उनले राजतन्त्र पक्षधरले हिजो काठमाडौंमा गरेको प्रदर्शनका पछाडि कुनै दल र राजनीतिक चेतना भएका ब्यक्तिको संलग्नता नरहेकोसमेत बताए। सो क्रममा पत्रकार शुरेश रजकको मृत्यु भएको घरमासमेत गृहमन्त्री पुगेका छन भने कान्तिपुर पब्लिकेसनको कार्यालयमा पनि उनी पुगेका छन।

    अवलोकनकै क्रममा गृहमन्त्री लेखक तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालय, कोटेस्वरमा रहेको भाटभटेनी सुपरमार्केट, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालय, पेरिस डाँडामा रहेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पनि पुगेका थिए।

    गृहमन्त्री लेखकले प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था सरकारले गर्ने पनि बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend