मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुर्व राजालाई कृष्णप्रसाद सिटौलाको प्रश्न : शुक्रबारको हिंसात्मक घटनाबारे धारणा केहो? :

पुर्व राजालाई कृष्णप्रसाद सिटौलाको प्रश्न : शुक्रबारको हिंसात्मक घटनाबारे धारणा केहो? :

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पुर्व राजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन।

    images

    शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाका बारे पुर्व राजाको धारणा माग गरेका हुन।

    images

    `हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दु:खद घटना घटाए त्यसप्रती मेरो खेद छ, घटनाको म भत्र्सना गर्दछु, घटना पुर्व राजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन? हो भने उहाँले जिम्मेवारी लिनु पर्छ, होइन भने त्यसको जवाफ दिनु पर्छ।´ सिटौलाले भने।

    सिटौलाले पुर्व राजालाई सरकारले दिएको सम्मान र सुरक्षाको उनले ख्याल गर्नु पर्ने समेत बताए।

    उनले अघि भने, `पुर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन।´ सिटौलाले अघि थपे।

    उनले पुर्व राजा ज्ञानेन्द्रलाई राजाहुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। `राजा हुँदा पनि जनता माथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक?´ सिटौलाको प्रश्न थियो।

    उनले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र न उल्टिने पनि बताए।

    `गणतन्त्र अहिलेको महान उपलब्धि हो, राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमण पछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान उपलब्धि हो, यी उल्टिदैनन।´

    उनले संविधान संसोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए। पहिले संविधान कार्यान्वयन र राज्य संचालनको समिक्षा गरिनु पर्ने भन्दै सिटौलाले जनता र राष्ट्रको हितमा संविधान संशोधन गर्दै राज्य संचालनमा पनि सुधार गर्न राजनीतिक दलहरु एक भएर अघि बढ्नु पर्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend