मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हट्यो काठमाडौंको कर्फ्यु

हट्यो काठमाडौंको कर्फ्यु

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको केही क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ।

    images

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेका थिए। शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म कायम गरिएकोमा शनिबार बिहानबाट स्थगन गरिएको हो।

    images

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले शनिबार बिहान एक सूचना जारीगर्दै जानकारी गराएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend