मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंबाट ५१ जना पक्राउ, ७५ सुरक्षाकर्मी घाइते

काठमाडौंबाट ५१ जना पक्राउ, ७५ सुरक्षाकर्मी घाइते

१५ सवारीसाधनमा तोडफोड र आगजनी

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। राजावादीहरुले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले शुक्रबार रातीसम्म ५१ जनालाई पक्राउ गरेको छ।

    images

    हिंसात्मक कार्य गर्ने, अराजकता मच्चाउने, लुटपाटमा संलग्न हुने तथा कानुनविपरितका गतिविधिमा संलग्न भएका ५१ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

    images

    पक्राउ परेकाहरुमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छन् । 

    प्रदर्शन अराजक बन्दै गएपछि प्रहरी र प्रदर्शनकारीबिच झडपको स्थिति हुँदा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन्। जसमा नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ७५ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिए।

    प्रदर्शनका क्रममा भएका घटनामा परेर एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ। शान्तिपूर्ण आन्दोलनका लागि भनेर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शनका लागि प्रशासनबाट अनुमति लिइएको थियो।

    तर, प्रदर्शनकारीले उद्दण्ड गतिविधि गर्दै निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायतमा तोडफोड र आगजनीलगायतका गतिविधि गरेको प्रहरीको भनाइ छ।

    प्रदर्शनकारीले सरकारी ९ वटासहित कुल १५ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ।

    यस्तै प्रदर्शनकारीले तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय लगायतमा तोडफोड गरेको प्रहरीले बताएको छ।

    यसैगरी प्रहरी प्रभाव कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर, एकीकृत समाजवादीको पार्टी कार्यालयसमेतमा तोडफोड भएको छ।

    यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend