मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुनेबाट निजी स्कर्टिङमा स्कर्पियो चढेका दुर्गा प्रसाईं फरार, खोज्दै प्रहरी

तीनकुनेबाट निजी स्कर्टिङमा स्कर्पियो चढेका दुर्गा प्रसाईं फरार, खोज्दै प्रहरी

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। राजावादीहरुको आन्दोलनको कमान्डर तोकिएका दुर्गा प्रसाईं फरार भएका छन।

    images

    शुकबार प्रदर्शनले एकाएक हिंसात्मक रुप लिएपछि प्रसाईं निजी सुरक्षा प्रवन्ध मार्फत तीनकुनेबाट स्कर्टिङमा स्कर्पियो चढेर हिडेका थिए। प्रहरीले उनको खोजी गरिरहेको छ।

    images

    प्रहरी स्रोतका अनुसार उनको मोबाइल फोन अन्तिम पटक गैह्री गाउँमा चलेको लोकेसन ट्र्याक भएको छ। तर अहिले राती १२ बजेर २९ मिनेट जाँदासम्म उनको फोन अफ छ।

    प्रहरीले उनी काठमाडौंकै कुनै स्थानमा लुकेर बसेको अनुमान लगाएर आफ्ना सबै संयन्त्रलाई खोजीका लागि खटाएको छ।

    प्रसाईं नेतृत्वको  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो। प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend