काठमाडौं। राजवादीको आन्दोलनको नेतृत्व गर्न गठित ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी नजरबन्दमा परेका छन।
प्रहरीले सुवेदीलाई निवासमै नजरबन्दमा राखेको हो। उनी अब बहिर निस्किन पाउने छैनन। ८६ वर्षीय उनी शुक्रबार भएको प्रदर्शनमा सहभागी भएका थिए। उनकै नेतृत्वमा प्रदर्शन सुरु भएको थियो।
राप्रपाका प्रवक्ता सगुन लावतीका अनुसार सुवेदीलाई गुह्वेश्वरी हाइटस्थित निवासमै नजरबन्दमा राखिएको छ।



