काठमाडौं। काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरा लाई पक्राउ गरेको छ।
प्रदर्शनका क्रममा अराजकता र आगजनी तथा लुटपाट गरेको अभियोगमा राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई पनि नियन्त्रणमा लिएको हो।
उनीहरु आन्दोलनका क्रममा घाइतेभएका हरुलाई बिभिन्न अस्पतालमा पुगेर भेटेर फर्किंदै गर्दा पक्राउ परेका हुन।



