मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा थपियो कर्फ्यु

काठमाडौंमा थपियो कर्फ्यु

images
२०८१ चैत्र १५ गते, शुक्रवार
२०८१ चैत्र १५ गते, शुक्रवार
  • काठमाडौं। राजावादी समुहको भनिएको प्रदर्शन हिंसात्मक भएपछि स्थानीय प्रशासनले काठमाडौंका केही  स्थानमा लगाएको निषेधाज्ञा (कर्फ्यु) को समय थप भएको।

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाएकोमा समय थप गरेर शनिबार बिहान ७ बजेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उल्लेख छ।

    images

    कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा आवतजावत गर्न पाइने छैन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend