काठमाडौं। राजावादी प्रदर्शनकारीले आगो लगाएको तीनकुनेको घरमा जलेर एक पत्रकारको मृत्यु भएको छ।
आगलागीमा परेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार शुरेश रजकको मृत्यु भएको हो। उनी तीनकुनेमा आगलागी भएको घरको दृश्य संकलनका लागि सो घरको छतमा पुगेका थिए।
एभिन्युज टेलिभिजनले आफ्नो समाचारमा पत्रकार रजकको मृत्यु भएको बताएको छ। तर नेपाल प्रहरीले भने सव फेला परेको तर ब्यक्तिबारे पुष्टि हुन बाँकी रहेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार राजावादीहरुले आगजनी गरेको घरको चौथो तलामा एउटा शव फेला परेको हो।



