मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राजावादीको आन्दोलन

गोली लागेका प्रदर्शनकारीको मृत्यु

गोली लागेका प्रदर्शनकारीको मृत्यु

images
२०८१ चैत्र १५ गते, शुक्रवार
२०८१ चैत्र १५ गते, शुक्रवार
  • काठमाडौं। राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।

    images

    शुक्रबार दिउँसो तिनकुने क्षेत्रमा भएको झडपमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो। सो क्रममा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्युु भएको हो।

    images

    गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार घाइते भएपछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकहरुले उनको मृत्यु भइसकेको बताएका थिए।

    अस्पताल निर्देशक प्राडा सुवास आचार्यले अस्पताल ल्याउँदा नै उनको मृत्यु भैसकेको जानकारी दिए।
    डा आचार्यका अनुसार मृतक महर्जनको घाँटीमा गोली लागेको थियो। मृतकको सवलाई पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइएको डा आचार्यले जानकारी दिए।

    आजको झड्पमा १५ जना सुरक्षाकर्मी, १६ जना प्रदर्शनकारी घाइते भएको गृहमन्त्रालयले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend