काठमाडौं। राजावादी समुहको भनिएको प्रदर्शन अराजक भएपछि नेपाली सेना पनि सडकमा निस्किएको छ। सेना बख्तरबन्द गाडीसहित सडकमा निस्किएको हो।
राजावादी समूहको आन्दोलन हिंसात्मक भएसँगै काठमाडौंमा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भएपछि सेना सडकमा आएको हो।

प्रदर्शनकारीहरुले बालकुमारीमा एउटा सरकारी स्कर्पियोमा आगजनी गरिदिएका छन। जडिबुटीमा रहेको जडिबुटी औसधि प्रसोधन केन्द्रमा पनि आगजनी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा कर्फ्यु लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ तथा आवतजावत गर्न नपाइने सूचनामा उल्लेख छ।
कर्फ्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ।





