काठमाडौं। राजतन्त्र पक्षधरको आन्दोलनस्थल रहेको तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ।
प्रदर्शन एकाएक बिथोलिंदै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा राख्न प्रयास गरिरहेको छ। सो क्रममा पहिले अश्रुग्यास प्रहार गरेको प्रहरीले अहिले हवाइ फायर गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न खोजिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रदर्शन अराजकतातर्फ केन्द्रित भएपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको जानकारी दिए।
सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन्। ती घाइतेको कान्तिपुर अस्पतालमा उपचार भैरहेको छ। प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन। एक महिला प्रहरीको टाउको फुटेको छ।
प्रदर्शनकारीहरुले तीनकुनेको एक घरमा आगोसमेत लगाइदिएका छन भने तीनकुनेका आधादर्जन घरको सिसा फुटाइदिएका छन।



