काठमाडौं। काठमाडौंको तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ। राजावादीहरुको समूहले तीनकुनेमा प्रदर्शनसहित कार्यक्रम आयोजना गर्नै लाग्दा निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको हो।
अहिले सो क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच झडप परिरहेको छ भने प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिरहेको छ। सो क्रममा प्रदर्शनकारीले एक ब्यक्तिको निजि घरमा तोडफोड गर्दै सिसा फुटाइदिएका छन।
यस्तै प्रदर्शनकारीले तीनकुनेको एक घरमा आगजनीसमेत गरेका छन। प्रदर्शन बिथोलिएपछि कार्यक्रम आयोजना गरेका राजतन्त्र पक्षधर अगुवाहरू नै कार्यक्रम स्थलबाट हिडेका छन। प्रहरीले तीनकुने क्षेत्रलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ।



