मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पिडानले औषधि ब्यवस्था विभागमा बुझायो नौ बुँदे ध्यानाकर्षण पत्र, सप्लाई चेन नतोड्न चेतावनी

पिडानले औषधि ब्यवस्था विभागमा बुझायो नौ बुँदे ध्यानाकर्षण पत्र, सप्लाई चेन नतोड्न चेतावनी

images
२०८१ चैत्र १४ गते, बिहिवार
२०८१ चैत्र १४ गते, बिहिवार
  • काठमाडौं। नेपाल औषधि थोक व्यवसायी संघ (पिडान) ले औषधि विक्रीवितरणमा देखिएका समस्या समाधानको माग गर्दै औषधि व्यवस्था विभागमा नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

    images

    संघका अध्यक्ष गणेश नेपालको नेतृत्वमा गएको संघको प्रतिनिधि मण्डलले बिहीबार विभागका महानिर्देशक नारायण ढकाललाई भेटेर नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

    images

    संघले पत्रमा चिकित्सको सिफारिसमा रिर्जभ समूहका प्रतिजैविक (एन्टिबायोटिक) औषधि उद्योगी तथा आयातकर्ताबाट सिधै औषधि सप्लाइ च्यानल विपरित अस्पताल फार्मेसीबाट मात्र विक्री वितरण गर्ने गरि विभागले जारी गरेको सुचनामा विमति रहेको र त्यसलाई सच्याउन माग गरेको हो।

    संघले कम्पनीहरूले सिधै अस्पताल वा फार्मेसीमा एन्टिबायोटिक लगायतका सबै प्रकारका औषधि पठाउने प्रवृतिलाइ निरुत्साहित गर्दै एन्टिबायोटिक औषधि अभिलेख सहित थोक विक्रेता मार्फत मात्र सप्लाई गर्ने व्यवस्था मिलाउनेसहितका नौ बुँदे माग ध्यानाकर्षण पत्रमार्फत माग गरेको हो। सप्लाई चेन विपरीत भए अनुज्ञापत्र रद्द गर्ने व्यवस्था गर्नसमेत ध्यानाकर्षण पत्रमा माग गरिएको छ।

    यस्तै कुन औषधि कहिले, कहाँ र कति परिमाणमा वितरण भएको छ भन्ने बारेमा सोको अनलाइन रेकर्ड राख्ने प्रणालीलाई अनिवार्य कार्यान्वयनमा ल्याउनसमेत संघले विभागसँग माग गरेको छ। 

    यसैगरी औषधि सल्लाहकार समितिमा नेपाल औषधि थोक व्यवसायी संघ पिडानको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन, चिकित्सकको प्रेस्क्रिप्सन बिना फामेर्सीले एन्टिबायोटिक बिक्री गर्ने प्रवृतिलाइ निरुत्साहित गर्दै कडा निगरानी गरि कारबाहीका व्यवस्था लागू गर्न, औषधि उद्योगी वा कम्पनी दोहोरो मापदण्डमा विलिड गर्ने प्रवृतिको अन्त्यका लागि विशेष निर्देशन जारी गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ।

    यस्तै एक्सपायरी विक्रेज, क्रेडित नोटकोसवालमा विभागको तर्फबाट विशेष निर्देशन जारी गर्न तथा टेण्डर प्रक्रियामार्फत अस्पताल प्रयोजनका लागि पठाइएका औषधिमा इन्स्टिचुट सप्लाइ उल्लेख गर्दै एमआरपी उल्लेख गर्ने  प्रवृतिको अन्त्यका लागि विशेष निर्देशन जारी गर्दै औषधि व्यवसायीलाइ मर्यादित बनाउन पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ।
     
    एन्टिबायोटिक औषधिको सही प्रयोगबारे विभागसँग संस्थागत सहकार्य गर्न संघ तयार रहेको भन्दै त्यसका लागि अभियान चलाउन पनि संघले माग गरेको छ।

    संघले ध्यानाकर्षणपत्रमा उल्लेख भएका मागको तत्काल सम्बोधन नभएमा तत कम्पनीका औषधिको विक्री वितरण रोक्न बाध्य हुने चेतावनी पनि विभागलाई दिएको छ।

    ध्यानाकर्षण पत्र बुझ्दै विभागका महानिर्देशक ढकालले विभागले औषधि विक्री गर्ने तहगत संरचनालाई नियन्त्रण गर्न नखोजेको बताए। 

    `कम्पनीहरुलाई औषधि सोझै अस्पतालमा लैजाउ भनेको होइन, अस्पतालको फार्मेसीबाट मात्र बिक्रि गर्न भनेका हौं, औषधि विक्री गर्ने तहगत संरचनालाई नियन्त्रण गर्न खोजिएको होइन,´ ढकालले ध्यानाकर्षण पत्र बुझेपछि प्रतिक्रिया दिंदै भने।

    उनले चिकित्सकको प्रेस्किप्सन बिना रिजर्भ एन्टिबायोटिकहरु जथाभावी विक्री भैरहेको पाइएपछि अस्पतालको फार्मेसीबाट मात्र विक्री गर्न भनिएको बताए।

    अन्य मागका विषयमा पिडानसँग आवश्यक छलफल र सहकार्य गर्न विभाग तयार रहेको भन्दै ढकालले संघको सहयोग लिएरै अघि बढ्ने प्रतिबद्धता जनाए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend