काठमाडौं। प्रधानमन्त्रीमा केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज एकै मञ्चमा देखिएका छन।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री नियुक्त भएपछि लामोसमय वालुवाटारसमेत नछिरेका दाहाल पछिल्लो समय ओलीसँगको संवाद तथा भेटघाटमासमेत देखिंदै आएका छन।
उनीहरु तीनै जना आज बिहीबार काठमाडौंको बानेश्वरमा अवस्थित एभरेष्ट होटलमा आयोजित नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा सहभागी भएका हुन। तीनै नेताले कार्यक्रमको संयुक्त उद्घाटनसमेत गरे।
‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलन आयोजना भौरहेको छ।सम्मेलनलाई तीनै शीर्ष नेताले सम्बोधन गरेका हुन।
कार्यक्रममा द्वन्द्वपीडित प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन्।




