काठमाडौं। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार थापालाई मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको बोर्डको अध्यक्ष नियुक्त गरेका हुन।
`मन्त्रीज्युले चन्द्रबहादुर थापालाई मन्त्रीस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष बनाउनु भएको हो,´ मन्त्री पौडेलको सचिवालयले एक्सरे नेपालसँग भन्यो।
सरकारले यसअघि मन्त्रिपरिषद् बैठकमार्फत बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।



