मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख कुटिए

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख कुटिए

images
२०८१ चैत्र १२ गते, मंगलवार
२०८१ चैत्र १२ गते, मंगलवार
  • काठमाडौं। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ कार्यालय भित्रै कुटिएका छन। कुटपिटपछि उनी घाइते भएका छन।

    images

    वितरण केन्द्रको प्रमुखको कार्यालय रहेको मुल गेटमा राखिएको डिजिटल बोर्डमा प्रधानमन्त्री ओली विरुद्ध अंग्रेजी शब्दमा `केपी चोर देश छोड´ लेखिएको घटनाका विषयमा कार्यालयमा नै छलफल हुँदै गर्दा उनीमाथी कुटपिट भएको हो। वितरण केन्द्र छिरेको समुहले कार्यालयमासमेत तोडफोड गरेका छन।

    images

    भरतपुर वितरण केन्द्रका प्रमुख श्रेष्ठसँग सो विषयमा जानकारी माग्दा सिस्टम ह्याक भएको र छानबिन हुने बताएका थिए।

    `हिजो साँझ अचानक सिस्टम ह्याक भयो, हामीले देखेपछि तत्कालै हटायौं।´ श्रेष्ठले एकसरे नेपालसँग मंगलबार बिहान भनेका थिए।

    तर सो कार्यालयका अन्य कर्मचारीले भने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि कार्यालय प्रमुख आफैले `यस्तो लेख्दै छु´ भनेर जानकारी गराएको आरोप लगाएका थिए। सोही घटनालाई लिएर श्रेष्ठमाथी आक्रमण भएको हो।

    तर कार्यालय प्रमुख श्रेष्ठले भने सो भनाइ केवल आरोप मात्र भएको र सत्यता नभएको जानकारी दिएका थिए।

    `मैले त्यस्तो लेखेको छैन, त्यो आरोप मात्र हो, मैले जानकारी पाएपछि तत्कालै हटाउन लगाएको हुँ।´ उनले एक्सरे नेपालसँग भनेका थिए।

    कार्यालयभित्र छलफल चलिरहँदा घटना भएको भन्दै प्राधिकरणका कर्मचारीहरुले घटनाको विरोध गरेका छन। यस्तै घटनाम संलग्नहरुको खोजी गरि कार्वाही गर्न उनीहरूले माग गरेका छन। अहिले श्रेष्ठको फोन अफ छ। उनलाई उपचारका लागि अस्पताल लगिएको कर्मचारी बताउछन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend