मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री विरुद्ध नारा

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री विरुद्ध नारा

images
२०८१ चैत्र १२ गते, मंगलवार
२०८१ चैत्र १२ गते, मंगलवार
  • काठमाडौं। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेखिएको छ।

    images

    वितरण केन्द्रको प्रमुखको कार्यालय रहेको मुल गेटमा राखिएको डिजिटल बोर्डमा प्रधानमन्त्री ओली विरुद्ध अंग्रेजी शब्दमा `केपी चोर देश छोड´ लेखिएको छ। 

    images

    भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठसँग सो विषयमा जानकारी माग्दा सिस्टम ह्याक भएको बताए।

    `हिजो साँझ अचानक सिस्टम ह्याक भयो, हामीले देखेपछि तत्कालै हटायौं।´ श्रेष्ठले भने।

    तर सो कार्यालयका अन्य कर्मचारीले भने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि कार्यालय प्रमुख आफैले `यस्तो लेख्दै छु´ भनेर जानकारी गराएको बताएका छन।

    तर कार्यालय प्रमुख श्रेष्ठले भने सो भनाइ केवल आरोप मात्र भएको र सत्यता नभएको जानकारी दिए।

    `मैले त्यस्तो लेखेको छैन, त्यो आरोप मात्र हो, मैले सिस्टम ह्याक भएको जानकारी पाएपछि तत्कालै हटाउन लगाएको हुँ।´ उनले एक्सरे नेपालसँग भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend