मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुलमानलाई हटाउने निर्णयमा गगन थापाले भने `निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन´

कुलमानलाई हटाउने निर्णयमा गगन थापाले भने `निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन´

images
२०८१ चैत्र ११ गते, सोमवार
२०८१ चैत्र ११ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको निर्णयप्रति असन्तुष्टि जनाएका छन।

    images

    उनले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो धारणा लेख्दै असन्तुष्टि व्यक्त गरेका हुन।

    images

    `आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?´ 

    थापाले सरकारले गलत निर्णय गरेको भन्दै उल्टो बाटो हिडेर सही गन्तव्यमा नपुगिने भनेका छन।

    `हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?, मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,
    निर्णय गलत छ,सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend