मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिक्तेलमा निःशुल्क आँखा शिविर, ९९ जनाको शल्यक्रिया

दिक्तेलमा निःशुल्क आँखा शिविर, ९९ जनाको शल्यक्रिया

images
२०८१ चैत्र ११ गते, सोमवार
२०८१ चैत्र ११ गते, सोमवार
  • खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको छ।

    images

    शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो। उक्त शिविरमा ७१२ जनाको आँखा जाँच, पाँच सय ७० जनालाई औषधि वितरण, २०२ ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए।

    images

    '१० स्थानीय तह रहेको जिल्लामा एक हजार पाँच सय ४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ', उनले भने। जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो। तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चस्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।

    सङ्घले यही चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ। यसवर्षको शिविरमा करिब दुई हजार एक सय जना आँखाका बिरामीले सेवा लिने अनुमान आयोजकको छ।

    सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend