मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा भारीमतान्तरसहित चम्लागाई निर्वाचित

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा भारीमतान्तरसहित चम्लागाई निर्वाचित

images
२०८१ चैत्र ११ गते, सोमवार
२०८१ चैत्र ११ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन।

    images

    गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो। मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन।

    images

    अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन।

    यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन। उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएकाहुन।

    यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैह्रे निर्वाचित भएका छन। उनले ३३९ मत प्राप्त गरेकी हुन। 

    यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन।

    अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन। उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend