काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सामाजिक संजालमार्फत प्रश्न गरेका छन्।
शाहले आइतबार सामाजिक संजालमार्फत सिंहलाई अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै प्रश्न गरेका छन।
सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’
शाहले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउनसमेत सिंहलाई आग्रह गरेका छन्।
‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’



