मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मतगणना सुरु गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी

मतगणना सुरु गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नारावाजी

images
२०८१ चैत्र १० गते, आइतवार
२०८१ चैत्र १० गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको निर्वाचनको मतगणना तत्काल सुरु गर्नु पर्ने मागसहित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नाराबाजी भएको छ।

    images

    शनिबार सम्पन्न मतदानको गणना आइतबार साँझसम्म सुरु नभएको भन्दै संघका केन्द्रीय प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नारावाजी गरेका हुन।

    images

    उनीहरुले `मतगणना सुरु गर, हाम्रो मतको सम्मान गर, गणना रोक्न पाइदैन´ लगायतका नारा लगाएका छन।

    पार्टी केन्द्रीय कार्यालय भित्र सभापति, उपसभापति, महामन्त्री ल्गायत केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बसिरहेकै बेला संघका केन्द्रीय प्रतिनिधि हरु नारावाजीमा उत्रिएका हुन। 

    कांग्रेस केन्द्रीय कार्यालयलाई प्रहरीले घेराबन्दीमा राखेको छ। केन्द्रीय कार्यसम्पादन समितिका नेताहरु बाहेकलाई केन्द्रीय कार्यालयमा प्रवेश गर्न दिइएको छैन।

    संघको नयाँ नेतृत्व चुन्न शनिबार मतदान भएको थियो। नेतृत्वका लागि माधव चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार छन। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend