मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन, ८९२ मतदाता, ४७० मत खस्यो

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन, ८९२ मतदाता, ४७० मत खस्यो

images
२०८१ चैत्र ९ गते, शनिवार
२०८१ चैत्र ९ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व चुन्न भएको मतदानमा ४७० मत खसेको छ।

    images

    कुल ८९२ मतदाता रहेको संघमा ४७० मत खसेको हो। नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो। संघको आगामी नेतृत्वका लागि माधव चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार बनेका छन।

    images

    निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भैसकेको छ ।

    महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

    जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ। बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।

    यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् । 

    खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेको वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हिजो शुक्रबार महाधिवेशन उद्घाटन भएको थियो। महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend