मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान सुरु

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान सुरु

images
२०८१ चैत्र ९ गते, शनिवार
२०८१ चैत्र ९ गते, शनिवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ।

    images

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भर्खरै मतदान सुरु भएको संघका वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए।

    images

    निर्वाचन मार्फत अध्यक्ष, उपाध्यक्ष महिला सहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भुगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्य बाहेक अरु पदमा निर्विरोध भैसकेको छ।

    अध्यक्ष पदमा माधव चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार बनेका छन। 

    महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ। बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन।

    यसमध्ये मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भौसकेका छन। खुलातर्फ ३ महिला सदस्य पनि निर्विरोध भैसकेका छन भने फरक वर्गतर्फबाट ७ जना निर्विरोध भैसकेको पन्तले जानकारी दिए। 

    कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट महाधिवेशन जारी छ। महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend