मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य सचिव नियुक्तिमा सर्वोच्चको कदम : अब के हुन्छ?

स्वास्थ्य सचिव नियुक्तिमा सर्वोच्चको कदम : अब के हुन्छ?

images
२०८१ चैत्र ९ गते, शनिवार
२०८१ चैत्र ९ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य सचिव नियुक्तिका विषयमा सर्वोच्च अदालतले नियुक्ति प्रक्रियाका फाइल मागेसँगै प्रतिस्पर्धामा रहेकी अतिरिक्त सचिव संगीता कौशल मिश्रा हौसिएकी छिन।

    images

    सर्वोच्च अदालतले उनले १ चैतमा दायर गरेको रिटमा नियुक्ति प्रक्रिया सम्बन्धी निर्णयको फाइल झिकाउने आदेश दिएको हो। शुक्रबार भएको रिटको सुनुवाईपछि विपक्षी(प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ) कार्यालयलाई सो आदेश भएको हो।

    images

    न्यायाधीश तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सो रिट उपर सुनुवाई भएको थियो।  सुनुवाईपछि सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चले विपक्षीका नाममा आदेश दिएको हो।

    मन्त्रालयमा अतिरिक्त सचिव रहेकी मिश्राले वरिष्ठतामा आफु पहिलो नम्बरमा भएपनि सचिव नियुक्त नगरिएको भन्दै सर्वोच्च पुगेकी थिइन। उनको रिटमाथि चैत ३ गते पहिलो सुनुवाई भएको थियो।

    न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा भएको सुनुवाई पछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको थियो। त्यसपछि दुबै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

    सर्वोच्च अदालतले अब सचिव नियुक्ति सम्बन्धि निर्णयको फाइल झिकाएर अध्ययन गर्ने छ भने अदालतले फाइल अध्ययनको आधारमा थप आदेश गर्ने छ।

    सरकारले आफुलाई सचिव नियुक्त नगरेपछि हाल मिश्रा बिदामा रहेको बताउँछिन। उनले आफू राजिनामा नदिने मुडम रहेको बताउँदै आएकी छिन।

    `म राजिनामा दिने मुडमा छैन, राजिनामा दिन्न, मेरो विषय मैले अदालतमा राखेकी छु, मुख्यसचिव ज्युसँग पनि आफ्ना कुरा राखेकी छु, अहिले बिदामा छु,´ मिश्राले भनिन।

    तर मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी भने उनी केही दिनका लागि बिदामा बसेपनि हाल बिना जानकारी मन्त्रालयमा अनुपस्थित हुँदै आएको बताउँछन।

    `सचिवज्युले गत साताको शुक्रबारसम्मको बिदा मात्रै दिनसक्छु भन्नुभएको जानकारी छ, तर त्यसपछिका दिनमा पनि उहाँले कुनै जानकारी दिएको थाहा, मन्त्रालय पनि आउनुभएको छैन´, मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भने।

    गत फागुन २१ गते बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा‍. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend