मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता, मतदान भोलि

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता, मतदान भोलि

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । 

    images

    नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ। जस अन्तर्गत अध्यक्ष पदमा माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्काले उम्मेदवारी दर्ता गराएका छन्। वर्तमान अध्यक्ष प्रकाश पन्थले भने उम्मेदवारी दिएनन्। 

    images

    निर्वाचन समितिले सार्वजनिक गरेको तालिका समयभित्र तीन जनाको उम्मेदवारी परेको हो। उम्मेदवारको मनोनयन दर्ता गर्न शुक्रबार साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको थियो।

    उम्मेदवारीको दोस्रो नामावली चैत ९ गते बिहान ७ बजे सार्वजनिक गरिने छ। त्यस्तै मनोनयन फिर्ता लिनका लागि एक घण्टाको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली ९ गते शनिबार बिहान ८ः३० बजे हुनेछ। 

    मतदान शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ। देशभरबाट झण्डै एक हजार सदस्य महाधिवेशनमा सहभागी रहेका छन्।

    नेतृत्वका लागि सर्वसम्मतको प्रयास भए पनि त्यो सम्भव नभएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको हो।  महाधिवेशनले ५१ सदस्सीय नयाँ कर्यसमिती चयन गर्ने छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend