मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मिर्गाैला उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री

मिर्गाैला उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएको बताएका छन।

    images

    नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मिर्गाैला सम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएकोमा सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुकमा पर्ने बताए।

    images

    प्रधानमन्त्री ओलीले गरिबीको निवारणसहित स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निरोगी नेपालको अभियानलाई सार्थक तुल्याउनसमेत जोड दिए।

    दुई पटक मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण गराउँदा नेपालमा सुविधा नभएकाले भारतमा गरेको र दोस्रो पटक सुविधा उपलब्ध भएपछि नेपालमै प्रधानमन्त्रीका हैसियतमा प्रत्यारोपण गराउँन पाउँदा गर्व महसुस भएको उल्लेख गरे।

    सम्मेलनबाट प्राप्त निष्कर्षहरु सरकारलाई नीतिगत सुधारका लागि उपयोगी हुने बताउँदै प्रधानमन्त्री ओलीले मिर्गाैला रोग विशेषज्ञका साथमा सरकार सदैव रहने स्पष्ट पारे।

    कार्यक्रममा समाजका अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गाैला रोगको समस्या र निदानका प्रयासबारे प्रस्तुतिकरण गरेकी थिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend