मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कुन-कुन अस्पतालबाट दिईंदै छ पक्षघातको उपचारमा प्रयोग हुने निःशुल्क औषधि?

कुन-कुन अस्पतालबाट दिईंदै छ पक्षघातको उपचारमा प्रयोग हुने निःशुल्क औषधि?

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • काठमाडौं। सरकारले पक्षघातका बिरामीको उपचारमा प्रयोग हुने औषधि निःशुल्क रुपमा उपलब्ध गराउने गरी तत्काल तीनवटा संघीय अस्पताललाई तोकेको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा तत्कालका लागि न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधी उपलब्ध गराउन थालिएको बताएका हुन।

    images

    तत्कालका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

    यस्तो औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ। तर, आर्थिक अभावमा महँगो औषधी किन्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको हुँदा सरकारले यो औषधि निशुल्क उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको हो।

    मन्त्री पौडेलको पहलमा डाइरेक्ट रिलिफले नेपालमा पक्षघातका बिरामीलाई प्रयोग हुने एल्टीप्लेस २० एमजी को ८०० भाइल औषधी सहयोग गरेको छ।

    रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।

    महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ सहयोग गर्न तयार भएको हो।

    मन्त्रालयसँग च्यारिटीले नेपालले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा गुणनिधि शर्माले मस्तिष्कको रक्तनलीमा रगत जमेर हुने पक्षघातमा साढे ४ घण्टा भित्र यो औषधी दिन सकिएमा बिरामीलाई तत्काल सुधार आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend