मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आगामी बजेटका लागी स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

आगामी बजेटका लागी स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

images
२०८१ चैत्र ७ गते, बिहिवार
२०८१ चैत्र ७ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ।
     
    आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माणका लागि तयारी गरिरहेको मन्त्रालयले सरोकारवाला सबैले सुझाव दिन सक्ने गरी सुझाव संकलनको व्यवस्था मिलाएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए। उनले सर्वसुलभ माध्यमबाट नागरिकका सुझाव लिएर तर्जुमामा उपयोग गर्नका लागि भनेका छन।
     
    सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी गुगल फर्ममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाएको छ।
     
    मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव दिन चाहने सबैले सुझाव दिन सक्ने र प्राप्त सुझाव ग्रहण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
     
    मन्त्रालयले बजेट सिलिङका आधारमा प्राथमिकताका क्षेत्र निर्धारण गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तरकृया गर्दै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend