मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव चम्लागाईंको उम्मेदवारी घोषणा

images
२०८१ चैत्र ७ गते, बिहिवार
२०८१ चैत्र ७ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक संघको केन्द्रीय अध्यक्षमा माधव प्रसाद चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन।

    images

    नेपालको संविधान र कांग्रेसको विधानमा अपाङ्गता भएका ब्यक्तिहरुको राजनीतिक अधिकार स्थापित गराउन निरन्तर खट्दै आएको बताउदै चम्लागाईंले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताए।

    images

    चम्लागाईंको समुहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बु र महामन्त्री पदमा गणेशबहादुर खत्रीको उम्मेदवारी घोषणा भएको छ।

    चम्लागाईसहित वर्तमान अध्यक्ष प्रकाश पन्तले पनि उम्मेदवारी दिने तयारी गरेका छन। तर सर्वसम्मत भएको अवस्थामा भने पन्तले छाड्ने बताइएको छ। चम्लागाईंले पन्तको साथ पाउने सम्भावना छ।

    यस्तै अध्यक्ष पदमा विकाश थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन। उनले उम्मेदवारी घोषणा गरिसकेका छैनन। संघका संस्थापक अध्यक्ष भोजराज श्रेष्ठले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गरिने बताए। 

    राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको चैत ८ र ९ गते प्रथम केन्द्रीय महाधिवेशन नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा हुन गइरहेको छ। महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन।

    महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला/खुल्ला) दुइ जना, महामन्त्री खुल्ला दुइ जना, सदस्यहरू ३ महिला सहित खुल्ला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुल्ला गरी दुइ जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने छ भने बाँकी १२ जना महिला र समावेशी मिलाइ मनोनित हुनेछन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend