मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण

अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण

images
२०८१ चैत्र ६ गते, बुधवार
२०८१ चैत्र ६ गते, बुधवार
  • काठमाडौं। नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार संघ र डिजिटल मिडिया पत्रकार संघबीच एकीकरण भएको छ।

    images

    सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार संघका रूपमा अगाडि बढ्नेछन्। यस एकीकरणले अनलाइन टिभी पत्रकारितामा एकता, सहकार्य र पेशागत मर्यादा अभिवृद्धि गर्ने विश्वास गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।

    images

    डिजिटल मिडिया पत्रकार संघका सदस्यहरू अब अनलाइन टिभी पत्रकार संघका नियमित सदस्य बन्ने छन् भने डिजिटल मिडिया पत्रकार संघ बन्द गरिने छ।

    एकीकृत संघको नेतृत्वका लागि आगामी अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

    अनलाइन टिभी पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष संजीव रेग्मी र डिजिटल मिडिया पत्रकार सङ्घका उपाध्यक्ष भोजराज थापाले हस्ताक्षर गरेको सम्झौता पत्रमा डिजिटल मिडिया पत्रकार संघको सबै दायित्व, प्रशासनिक जिम्मेवारी, तथा आर्थिक हिसाब–किताब त्यही संघले व्यवस्थापन गर्ने उल्लेख गरिएको छ।

    दुवै संस्था एकीकरणमा आएको निर्णयले नेपालको अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। एकताबद्ध भई काम गर्दा पत्रकारहरूको हकहित प्रवर्द्धन, पेशागत मर्यादा संरक्षण, र अनलाइन पत्रकारिताको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको संघका उपाध्यक्ष कुशलभ केसीले बताए।

    सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend