काठमाडौं। काठमाडौंबाट प्रहरीले नेपाली र विदेशी गरि करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकमा राखिएको नगदसहित दुईजनालाई पक्राउ गरेको हो।
नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेमा ट्रक चालक सहित दुईजना छन्। प्रहरीले सो रकमबारे थप अनुसन्धान गरिरहेको बताएको छ।



