मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दिपक थापा नेपाल प्रहरीको ३१ औं आइजीपी नियुक्त

दिपक थापा नेपाल प्रहरीको ३१ औं आइजीपी नियुक्त

images
२०८१ चैत्र ४ गते, सोमवार
२०८१ चैत्र ४ गते, सोमवार
  • काठमाडौं। सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गरेको छ।

    images

    मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले वरितताक्रम अनुसार पहिलो सूचीमा रहेका एआईजी थापालाई नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनाएको हो। थापासँगै आइजीपी बन्ने दौडमा एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए।

    images

    उनीहरू तीनै जना एकैदिन २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक सेवाबाट प्रवेश भएका ब्याची हुन्। यस्तै २०६३ भदौ १५ मा उनीहरुसहित ५१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा भएका थिए। 

    त्यसपछि २०७१ फागुन ६ गते ३५ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका थिए। जसमा तामाङ र गिरी बढुवामा परेका थिए। तर थापा भने २०७२ साउन ७ गते मात्रै एसपीमा बढुवा भएका थिए।

    थापा आइजीपी नियुक्त हुनु अघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख थिए। यस्तै गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्।

    थापा एआइजी हुँदा २०७९ चैत ६ मा हालका आइजीपी वसन्त कुँवरसँगै बढुवा भएका थिए। थापा एआइजी बनेपछि तामाङ र गिरी २०७९ चैत २६ गते एआइजी भएका हुन। त्यसपछि थापा पहिलो बरियतामा अगाडि परेका हुन।

    थापाले एसपी हुँदा चितवन जिल्ला प्रमुख, प्रहरी प्रधान कार्यालयको बजेट शाखा, अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबल प्रमुख भएर काम गरिसकेका छन।

    यस्तै थापा एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुख बनेका थिए। एआइजी बनेपछि थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वसमेत गरिसकेका छन।

    प्रहरी नियमावली– २०७१ को १२७ (घ) मा प्रहरी अधिकारीको अधिकतम सेवा अवधि ३० वर्ष हुने प्रावधान छ। सोही ब्यवस्था अनुसार हालका आइजीपी कुँवर आज राती १२ बजेपछि अनिवार्य अवकाशमा जाँदै छ्न। उनी अवकाशमा जानू अघि सरकारले थापालाई आइजीपी बनाएको हो।

    प्रहरी ऐन, २०१२ को दफा ९९१० तथा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम, आईजीपी पदमा बढुवाका लागि नेपाल सरकारले उपयुक्त ठहर गरेको उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ। जसमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, नेतृत्वदायी दक्षता तथा संगठनात्मक संयोजन क्षमताका आधारलाईसमेत हेरिनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend