मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीलाई महावीर पुनले भने `बन्द भएको एउटा कारखाना चलाएर देखाई दिनु होस् त´

प्रधानमन्त्रीलाई महावीर पुनले भने `बन्द भएको एउटा कारखाना चलाएर देखाई दिनु होस् त´

images
२०८१ चैत्र २ गते, शनिवार
२०८१ चैत्र २ गते, शनिवार
  • काठमाडौं। वैज्ञानिक डा. महावीर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक वर्ष अघि भएको सम्झौतालाई कार्यान्वयन गर्न सुझाएका छन।

    images

    शनिबार साँझ सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै उनले एक वर्ष अघि भएको सम्झौता अनुसारको कानुन बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन।

    images

    `प्रधानमन्त्रीज्यूले शिक्षा मन्त्रीज्यूलाई सोध्नुहोस त पुर्व विशिष्टहरुलाई आजीवन सुविधा दिन कानुन बनाउन हतार गर्नुको सट्टा म संग उति बेलाको सरकारले गरेको सम्झौता अनुसारको कानुन तुरुन्त बनाउनु होस्। स्वार्थी बैज्ञानिकहरुको कुरा मात्र नसुन्नुहोस। सो कानुन बनेन भने देशव्यापी आन्दोलन हुने जानकारी दिन्छु।´ उनले लेखेका छन।

    अगाडी लेखेका छन, `बीरगञ्जको कृषि औजार कारखाना जनताले चलाउँछन्। बन्द भएको अर्को एउटा कारखाना चलाएर देखाई दिनु होस् त।´

    उनले प्रधानमन्त्री ओलीलाई सल्लाहकारले सही सल्लाह नदिएको भन्दै लेखेका छन, `तपाईंको केही फटाहा सल्लाहकारहरुको मात्र कुरा नसुन्नुहोस। कुलमान घिसिङलाई हटाउन मरि मेटेर लाग्ने मन्त्री तथा सचिबहरुलाई हप्काएर कारवाही गर्नुहोस। चाकरीवाज, धुर्त, द्रव्य पिचास र मनका पापीहरुको घेरामा बसेर उँभो लागिदैन। पाथीभराको संरक्षणको जिम्मा लोभी पापीलाई दिने होइन। त्यसको जिम्मा स्थानिय जनतालाई दिनुहोस् । अनि मात्र तपाईंलाई जनताले खुल्ला हृदयले स्यावासी दिन्छन्। मैले धर्ना आन्दोलन गरे पछि माग पुरा भएको सम्झौताको कपि हेर्नुहोस्। तोलाको बचन खोलामा नफाल्नु होस - फाल्नु भयो भने मलाई घाटा छैन।´

    पुनले सामाजिक संजाल फेसबुकमा आफुसँग भएको सम्झौताको पत्र पनि राखेका छन। तर सो पत्रले तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कासँग सहमती भएको खुलाउछ। त्यसबखत खड्का कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत थिए। सो पत्रमा उल्लेख भएको मिति अनुसार २०८० बैशाख १८ गते सात बुँदे सहमति भएको देखिन्छ। पत्रमा शिक्षामन्त्रीको विषय भने उल्लेख छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend