मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

तीनकुनेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

images
२०८१ चैत्र २ गते, शनिवार
२०८१ चैत्र २ गते, शनिवार
  • काठमाडौं। काठमाडौं महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

    images

    बिहान साँढे चार बजे  प्रदेश ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

    images

    उनको उपचारका क्रममा बिहान साँढे पाँच बजे ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

    उपरीक्षक बोहराका अनुसार टिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको टिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन्।

    सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend