मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुराण वाचक पण्डितलाई `लाइसेन्स´ दिने तयारी, प्रशिक्षण सुरु

पुराण वाचक पण्डितलाई `लाइसेन्स´ दिने तयारी, प्रशिक्षण सुरु

images
२०८१ चैत्र १ गते, शुक्रवार
२०८१ चैत्र १ गते, शुक्रवार
  • काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु भएको छ।

    images

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणवाचक, कर्मकाण्ड गर्ने पुरोहित र ज्योतिषीलाई अनुमति पत्र (लाइसेन्सं) दिने गरी तयारी थालेकै बेला विद्यापीठले प्रशिक्षण सुरु गरेको हो। आधिकारिक ज्ञान नै नभएकाले कथावाचन गरिरहेको गुनासो बढेकाले विद्यापीठले यस्तो प्रशिक्षण राखिएको जनाइएको छ।
     
    विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रशिक्षणको उद्घाटन गरिए पनि कक्षा भने चैत ३ गते आइतबारदेखि सुरु हुने प्राचार्य अच्युत लामिछानेले जानकारी दिए। दिउँसो चार बजेदेखि प्रत्येक दिन एक घण्टा प्रशिक्षण दिइने उनले बताए।

    images

    भागवत प्रशिक्षणका लागि ४५ जना प्रशिक्षार्थी आइसकेका छन् । चैत ३ गतेसम्म आउने ६० जनालाई पढाउन सकिने विद्यापीठले जनाएको छ। प्रशिक्षार्थीलाई भागवत पाठ गर्न, व्याख्या गर्न, वेदान्त, दर्शनजस्ता विषय सिकाइने छ।

    प्रशिक्षणमा गुरुत्व ग्रहण गर्न खोज्ने तर राम्रोसँग पाठ नगर्नेलाई सिकाउने गरी लक्षित गरिएको छ। उद्घाटन कार्यक्रममा धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जीवात्मालाई परमात्मासँग जोड्न पाठपारायण गरिने भएकाले त्यसका लागि प्रशिक्षण उपयोगी हुने बताए।  यसका लागि यजमान पनि सचेत भएर योग्य वाचकको खोजी गर्नुपर्ने उनको भनाइ थियो।

    नेपाल प्राध्यापक सङ्घ वाल्मीकि विद्यापीठ समितिका सभापति प्रा मुकुन्दप्रसाद लामिछाने, प्रशिक्षण कार्यक्रम संयोजक चेतमणि न्यौपानेलगायतले यस्ता कार्यक्रमले संस्कार र संस्कृतिलाई सही रूपमा बचाउने भएकाले सुरु गर्नु परेको बताए ल। भागवत पाठपारायण र कथावाचन शुद्धसँग गर्ने अभ्यासका लागि प्रशिक्षण फलदायी हुने उनीहरुको भनाइ छ।

    कम्तीमा उत्तरमध्यमा उत्तीर्ण गरी शास्त्री सुरु गरेका प्रशिक्षार्थीलाई प्राथमिकता दिइने जनाइएको छ। भागवत वाचनको अभ्यास सिक्न नेपालीहरू भारतको वृन्दावन, वनारसलगायत स्थानमा जाने गरेका छन्। नेपालमै भागवतको प्रशिक्षण सुरु गरिएको यो पहिलो पटक हो। शास्त्रीय रूपमा भने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विद्यापीठमा इतिहास पुराण विषयमा तोकिएका विभिन्न पुराणका विषय पढाइ हुने गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend