काठमाडौं। ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ।
करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो।
सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ।
यो आयोजना आशिष समानान्तर रेलिगेर जेभीले बनाइरहेको छ। दुई वर्षमा निर्माण सक्ने गरी १२ फागुन २०७८ मा सो कम्पनीले ठेक्का पाएको थियो ।



