मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. शेखरको सरकार लक्षित टिप्पणी : `विनाश काले विपरीत बुद्धि´

डा. शेखरको सरकार लक्षित टिप्पणी : `विनाश काले विपरीत बुद्धि´

images
२०८१ चैत्र १ गते, शुक्रवार
२०८१ चैत्र १ गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको पछिल्ला कदमलाई ‘विनाश काले विपरीत बुद्धि’ को संज्ञा दिएका छन।

    images

    कोइरालाले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोप्रति सामाजिक संजालमार्फत ‘विनाश काले विपरीत बुद्धि’ भन्दै आक्रोश पोखेका हुन्। उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताएका छन।

    images

    नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने भन्दै लेखेका छन, `सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ।’

    उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको भनेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend