काठमाडौं। पहाडका जिल्लामा बिहीबार भब्य रुपमा मनाइएको रङहरूको पर्व होली आज तराईका जिल्लाहरुमा भब्य रुपमा मनाइदै छ।
हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज शुक्रबार तराईका जिल्लामा होली मनाइदै छ।
होलीका लागि आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा सार्वजनिक बिदा दिइएको छ।



