काठमाडौं। भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो पल्टिंदा ८ जना घाइते भएका छन्।
बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन।
अत्यधिक तीव्र गतिका कारण स्कर्पियो अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी छन्।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।



