मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री

पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री

images
२०८१ फाल्गुण २८ गते, बुधवार
२०८१ फाल्गुण २८ गते, बुधवार
  • काठमाडौं।  गृहमन्त्री रमेश लेखकले नेपाल सरकार निजी क्षेत्रसँग मिलेर व्यवसायीक वातावरण निर्माण गर्ने कुरामा अगाडि बढेकाे बताएका छन।

    images

    बुधबार काठमाडौंमा टानद्वारा आयाेजित लाेसार कार्यक्रममा गृहमन्त्री लेखकले व्यवसायीक वातावरण निर्माणका लागि सरकारले अध्यादेश जारी गरेकाे बताए।

    images

    "व्यवसायीक वातावरण निर्माणका लागि सरकारले भर्खर केही अध्यादेश जारी गरेका छाैँ। अध्यादेश संघीय संसदबाट स्वीकृत भइसकेका छन्। आज मात्र ती अध्यादेशलाई प्रतिस्थापन गर्ने गरेर केही  विधेयक अगाडि बढाएका छाैँ," उनले भने। 

    निजी क्षेत्रले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिका लागि अगाडि बढ्दा उत्पन्न हुने समस्या समाधान गर्न नेपाल सरकार तयार रहेकाे गृहमन्त्री लेखककको भनाइ छ। "तपाईंकाे व्यवसायलाई सरल, सहज, पर्यटनमैत्री बनाउन कसरी सकिन्छ। त्यसका लागि नेपाल सरकार तपाईंहरुसँग मिलेर काम गर्न तयार छ," उनले भने। 

    लेखकले पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भन्दै अगाडी भने,  "तपाईंहरुले भिसाकाे कुरा गर्नु भएको छ। कतिपय क्षेत्रमा आवागमन अवरुद्धकाे कुरा उठाउनु भएको छ। यसकाे सहजता र सरलताका लागि हामी तयार छाैं। यी विषयमा छलफलका लागि सम्बन्धि मन्त्रालयमा आउनुहोस्।" 

    पर्यटनकाे विकासका लागि टानले याेगदान गरेकाे भन्दै पर्यटन व्यवसायीकाे लगानीलाई सुरक्षित गर्न सरकार तयार रहेको उनको भनाइ छ।

    गृहमन्त्री लेखकले विदेशी पर्यटनलाई नेपालमा आकर्षण गर्नका लागि टानले राम्रो काम गरेकाेसमेत बताए। "हामीसँग प्राकृति सम्पदा छ, प्राकृतिक सुन्दरता छ। नेपाल सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ। भाषिक सभ्यता र संस्कृतिका महत्त्वपूर्ण धराेहर छन्। टानले विदेशी पर्यटनलाई आकर्षण गर्न राम्रो काम गरेको छ," उनले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend