मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

होली पर्व मर्यादित र सभ्य भएर मनाउनु : प्रसाशन

होली पर्व मर्यादित र सभ्य भएर मनाउनु : प्रसाशन

images
२०८१ फाल्गुण २८ गते, बुधवार
२०८१ फाल्गुण २८ गते, बुधवार
  • काठमाडौं।  काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रसाशन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन अनुरोध गरेका छन्।

    images

    काठमाडौँ, भक्तपुर र ललितपुरका रमुख जिल्ला अधिकारीहरुले होली पर्वलाई मर्यादित र सभ्य भएर मनाउन सबैमा अनुरोध गरेका हुन।

    images

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेका हुन।

    ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ। तसर्थ चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने काम नगर्न र अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यानसमेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न/नगराउन सबैमा अनुरोध छ।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलद्वारा जारी सुचनामा भनिएको छ।

    यसैगरी ललितपुर र भक्तपुर प्रशासनले पनि छुट्टा–छुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन्।

    भोली फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा होली पर्व परेको छ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाइने गरिन्छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend